किसानलाई रोपाईँको चटारो(फोटोफिचर)

किसानलाई रोपाईँको चटारो(फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

मनसुन सुरु भएको छ । आफ्नो जिविका कृषि गरेर चलाउने किसानहरूलाई यो मनसुनमा धान रोपाईँको चटारो परेको छ ।

आफुलाई वर्षभरि खान पुग्यो भने अलिअलि बेचेर आम्दानी नि हुन्छ । आफु सहित देशलाइ पाल्ने क्षमता भएको किसान, घाम,पानी नभनी खेतबारीमा खटिनु पर्छ । धान रोप्ने दिनको थकाइ धान फलेपछि मात्र कम हुन्छ रे । धान रोपेपछि धान गोड्ने, धान काट्नका लागि उत्तिकै खटिनु पर्छ । तर परिश्रम अनुसार धान भित्राउँदा हुने खुसी छुट्टै हुन्छ । यदि सबै आफ्नै खेत छ भने त सबै बाली आफैले राख्दा हुन्छ तर, यदि खेत आफ्नो होइन भने चाहिँ बाली साहुलाई पनि दिनु पर्ने हुन्छ । 

सुदूरपश्चिम प्रदेशको कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै डोटीमा १० हजार ६७०, डडेलधुरामा छ हजार १३६, अछाममा १६ हजार ५८०, बाजुरामा तीन हजार ३१०, दार्चुलामा चार हजार ४८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार ११० हेक्टरमा धानखेती हुने गरेको तथ्याङ्क छ । धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ ।

 

Logo