सुदूरपश्चिममा संसदीय गतिविधिको अवलोकन भ्रमण

सुदूरपश्चिममा संसदीय गतिविधिको अवलोकन भ्रमण

केन्द्रबिन्दु
0
Shares

गण्डकीमा संसदीय मामिलाको रिपोर्टिङ गर्ने सञ्चारकर्मीको टोलीले सुदूर पश्चिम प्रदेशसभामा भइरहेको संसदीय गतिविधिको स्थलगत भ्रमण गरेको छ ।

संसदीय पत्रकार मञ्च गण्डकीको आयोजना तथा गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा उक्त अवलोकन भ्रमण भएको हो । सो अवसरमा भ्रमण टोलीका सदस्यले सभामुख र अन्य सरोकारवालासँग छलफल गरी संसदीय गतिविधिबारे जानकारी लिएका थिए ।
शनिबारको छलफलमा सुडानपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सभा सञ्चालनको अनुभव बताउँदै विस्तृत छलफलपछि सबै विधेयक समितिमा ल्याएको बताए । तर, कानूनको कार्यान्वयन अपेक्षाअनुरूप हुन नसकेको उनले बताए ।
संसदलाई जनतामाझ पुर्याउन प्राथमिकता दिएको बताउँदै उहाँले संसदीय गतिविधि र कानून निर्माण प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले संघीयताको मर्मअनुसार सत्ता हस्तान्तरण हुनुपर्ने भए पनि अहिलेसम्म हुन नसकेको बताए । कतिपय संघीय कानुन बनाउन नसक्दा प्रदेशमा कानुनको कार्यान्वयनमा असर परेको उनले बताए ।

Logo