सार्वजनिक सवारीको भाडा घट्यो

सार्वजनिक सवारीको भाडा घट्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।

शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।  

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

Logo