तीन दिनसम्म देशका नदीमा बाढीको जोखिम हुने, कहाँ कस्तो छ अवस्था ?

तीन दिनसम्म देशका नदीमा बाढीको जोखिम हुने, कहाँ कस्तो छ अवस्था ?

केन्द्रबिन्दु
0
Shares

वर्षाका कारण अबको तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

महाशाखाका अनुसार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर तथा वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतका नदी, खोलामा बाढीको अनुमान गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको पाल्पा, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही साना नदीमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

यस्तै, भोलि पनि यी खोला तथा नदीमा पानीको सतहले सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई विशेष सावधानी अपनाउन भनिएको छ। 

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

 

Logo