आज असार १५ दहीच्यूरा खाने दिन, धान दिवसको रुपमा मनाइँदै

आज असार १५ दहीच्यूरा खाने दिन, धान दिवसको रुपमा मनाइँदै

केन्द्रबिन्दु
0
Shares

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज दहीच्यूरा खाएर मनाइँदैछ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि अन्न जोहो गर्न यस महिना विशेष गरी खेतीमा व्यस्त हुन्छन्। 

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने परम्परा पनि छ। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दहीच्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।
 

Logo