जीपको ठक्करबाट दुईजनाको मृत्यु

जीपको ठक्करबाट दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तनहुँको ब्यास नगरपालिका १२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

मंगलबार साँझ जीपले ठक्क् दिँदा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार सोही स्थानका २३ वर्षीय दिपेश गोलेको मृयु भएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भए दमौली प्रहरीले जनाएको छ ।  

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ६ बजे बिपरित दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ।
 

Skip This
Skip This
Logo