कञ्चनपुरमा घर भत्किँदा शिशुको मृत्यु, दुई जना घाइते

कञ्चनपुरमा घर भत्किँदा शिशुको मृत्यु, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा शिशुको मृत्यु भएको । 

घरभित्र सुतेका ४-५ महिनाको शिशुको पुरानो घर भत्किँदा पुरिएर मृत्यु भएको हो । घर भत्किदा ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । उनका अनुसार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए । 
 

Logo