अविरल वर्षासँगै घर भत्किएर पुरिँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका-१० दुविनडाडाका १२ वर्षीया रेखा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाको छ । आज बिहान साढे ६ बजे घर भत्किएर उनिहरू पुरिएका थिए । उद्धार गरी घाइते रेखालाई उपचारको लागि गल्याङ सामुदायीक अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । रेखाका दाइ १६ वर्षीय लक्ष्मण भट्टराई घाइते छन् । उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया