पाँचथरमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

पाँचथरमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता


अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् ।

शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका हुन् । पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको पनि न्यौपानेले जानकारी दिए ।

Logo