बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

केन्द्रबिन्दु
0
Shares

भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । 

१९ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले यही असार १४ गते  दिउँसो  ३ बजे गोठमा भाइबुहारीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई  पक्राउ गरिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

Logo