रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु छ । दुर्घटनामा ३ दर्जन बढी घाईते भएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया