रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै बस दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको खतिवडाले जानकारी दिए । २० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

 

Logo