झापाको अर्जुनधारामा हात्ती मृत फेला

झापाको अर्जुनधारामा हात्ती मृत फेला

केन्द्रबिन्दु
0
Shares

झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।

हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन।  हात्तीको शरिरमा कुनै चोट देखिएको छैन। यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय क्षेत्रमा वर्षाका कारण डुबान हुँदा नेपालमा हात्ती आउने गर्छन्।

भारतबाट नेपाल पसेका हात्तीको समूहबाटै यो हात्ती छुटेको हुन सक्ने अनुमान छ। जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन्। यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो।

एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन। मानव बस्ती नजिकै हात्ती मृत भेटिनु र शरिरमा कुनै चोट नदेखिनुले करेन्ट लगाएर मारेको हुन सक्छ।

   

Skip This
Skip This
Logo