सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो । 

Logo