सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…

सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीको शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलो पटक बिजुली पुगेको छ । साबिकको सिद्धारा गाबिसको पाँकुरी, देउराली, ठाडाखोला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेको हो । गाउँ पुगेको बिजुली बत्तीको स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।   

विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको बिजुली विस्तारअन्तर्गत शितगंगाको बिकट गाउँमा बिजुली पुगेको हो । गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलो चरण्मा यहाँका एक सय ६० घरमा बिजुली पुगेको हो ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण  गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि  छनोट गर्न सके विकास निर्माणाले गति लिने बताए । 

प्रदेशसभा सदस्य रामजी घिमिरेले  शितगंगा नगरपालपकाको बिकट भनेर चिनिने सिद्धाराको बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेको बताए । 

Logo