विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, सर्लाही, दाङ, पाल्पा र कपिलवस्तुमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । 

सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  

दाङको तुलसीपुर उपमहानगरपालिका–७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

पाल्पाको रामपुर नगरपालिका–७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका–५ बस्ने स्याङ्जा चापाकोट हिलेमराङ स्थायी ठेगाना भएका ६९ वर्षीय भुवन दमाई मंगलबार मृत अवस्था फेला परेका छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ सानो बटहनियास्थित जंगलमा हाल पहिचान नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

सबै घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo