तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता

तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता

केन्द्रबिन्दु
0
Shares

 दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङका सचिन बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । 

१७ वर्षीय बुढाथोकी भारतबाट घर आउने क्रममा तुइन चुडिएर नदीमा बेपत्ता भएका दार्चुलाका प्रहरी नायब उपरीक्षक डीएसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार बेपत्ता भएका बुढाथोकीको प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रसाशन कार्यालय र स्थानीयवासीको टोलीले खोजी गरिरहेको छ । 

डोरी के कारणले चुँडिएको हो भन्ने थाहा नभएकाले यसको अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिए । गएको वर्ष पनि दार्चुलाकै सीमा क्षेत्रमा महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए । 

 

Logo