विराटनगरको एक रेस्टुरेन्टमा आगलागी

विराटनगरको एक रेस्टुरेन्टमा आगलागी

केन्द्रबिन्दु
0
Shares

विराटनगर २ स्थित नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आज दिउँसो १२ बजे आगलागी भएको हो ।

आगलागी भएर रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगोलागी भएको दुइ घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

 आगोलागीबाट क्षतिको बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । होटलको ग्यास सिलेन्डरको पाइपल लिकेज भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

Logo