महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

 महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका १ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुवैले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबरजस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Logo