विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  हिजोको मन्त्रिपरिषदको बैठकले भने पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई थप छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय गरेको हो।

पूर्णरूपमा के गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको भएपनि विद्युतीय गाडीमा बढेको कर केही घटाउने संकेत सरकारले दिएको हो ।
योसँगै मन्त्रिपरिषद्को बैंकले ११ बुँदे निर्णय गरेको छ। जसमा पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।

त्यसैगरी सवारी साधनका लागि एलसी समेत अब खुला हुने देखिएको छ । हिजो बसेको मन्त्रिपरिषद्ले यस विषयमा कुनै निर्णय नगरेसँगै आइतबारबाट एलसी खुल्ने सम्भावना बढेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार असार मसान्तसम्म मात्रै एलसी खोल्न नपाउने उल्लेख थियो । आइतबार बिहानसम्म कुनै निर्णय नभएको खण्डमा गाडीको एलसी खुल्ने देखिएको छ ।

Logo