दुल्लुमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

दुल्लुमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखको दुल्लु नगरपालिकामा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । 

कर्णाली-कोटाछाल-दुल्लु लिफ्टिङ खानेपानीको बोडघाटमा रहेको ट्यांकीमा डुबेर दुल्लु नगरपालिका वडा नं ३ सियालाका बखत महतका छोरा दिनेश र छोरी अनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

उनीहरुको हिजो दिउँसो ट्यांकीमा डुबेर मृत्यु भएको हो । ट्यांकी खुलै राखेर आयोजनाले लापरबाही गर्दा बालबालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

Skip This
Skip This
Logo