कैलालीको धनगढी बजार जलमग्न

कैलालीको धनगढी बजार जलमग्न

केन्द्रबिन्दु
0
Shares

बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिए । खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उनले बताए । आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम थालिसकेको पनि उनको दाबी छ ।
 
 

Skip This
Skip This
Logo