भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो ।  बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Logo