तीन दिनको मौसमः गण्डकी प्रदेशमा विशेष सतर्कता अपनाउनु पर्ने, भारी वर्षाको सम्भावना

तीन दिनको मौसमः गण्डकी प्रदेशमा विशेष सतर्कता अपनाउनु पर्ने, भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

यसैको कारण देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । 

देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Logo