लहान नगरपालिका प्रमुखविरुद्ध बलात्कार प्रयासको आरोपमा जाहेरी दर्ता

लहान नगरपालिका प्रमुखविरुद्ध बलात्कार प्रयासको आरोपमा जाहेरी दर्ता

केन्द्रबिन्दु
0
Shares

सिरहाको लहान नगरपालिकाका प्रमुख राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् । 

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले  कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ । 

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि प्रमुख महतो सम्पर्कविहीन छन् । 
 

Skip This
Skip This
Logo