बागमतीमा गाडीभाडा वृद्धि, उपत्यकाको सुरु भाडा २० नै कायम

बागमतीमा गाडीभाडा वृद्धि, उपत्यकाको सुरु भाडा २० नै कायम

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।

साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेको मन्त्रालयले जनाएको छ । भाडा वृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।

उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि गर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Logo