‘फरकधार’का सम्पादक घिमिरे प्रेस काउन्सिलको छानबिनमा

‘फरकधार’का सम्पादक घिमिरे प्रेस काउन्सिलको छानबिनमा

केन्द्रबिन्दु
0
Shares

‘फरकधार’ मिडियाका सञ्चालक, सम्पादक शिखर घिमिरे रकम बार्गेनिङ, महिलामाथि दुर्व्यवहारलगायत आरोपमा अनुसन्धानमा तानिएका छन् ।

प्रेस काउन्सिलले घिमिरेलाई कालोसूचीमा राख्ने र प्रेस कार्ड लिएको भए सो खोस्नेसम्मको प्रक्रिया थालेको जनाएको छ । घिमिरेले सूचना विभागबाट प्रेस कार्ड लिए/नलिएको, नेपाल पत्रकार महासंघको सदस्य रहे/नरहेको बारे जानकारी दिन काउन्सिलले दुवै निकायलाई पत्रचारा गरेको छ ।

प्राप्त उजुरीबारे सोधपुछका लागि बोलाउँदा घिमिरे जिम्मेवार नबनेको, आचारसंहिता पालनामा गम्भीर नबनेको निष्कर्षसहित काउन्सिलले कडा कारबाहीका लागि पक्रिया थालेको उल्लेख गरेको छ । काउन्सिलका एक सदस्यले भने, 'अहिले सुरु भएको कारबाही प्रक्रिया फरकधार मिडिया हाउस र पत्रकार घिमिरेलाई कालोसूचीमा रोख्ने गरिको प्रक्रिया हो ।'

ती सदस्यका अनुसार, बारम्बारको चेतावनीका बाबजुद सम्पादक घिमिरेले आफ्नो व्यवहारमा कुनै परिवर्तन नल्याएकाले कालोसूचीमा राख्न नपर्नाको कारण तीन दिनभित्र पेस गर्न काउन्सिलले पत्रचार गरेको छ । 

घिमिरेले आफुलाई बारम्बार दुर्व्यवहार गरेको, रकम बार्गेनिङ गरेको भन्दै काठमाडौंकी एक कलेज सञ्चालक काउन्सिल पुगेकी थिइन् । उजुरीमा ती सञ्चालकले घिमिरेले आफुलाई मध्यराति फोन गर्ने, दुर्व्यवहार गर्ने, रकमको बार्गेनिङ गर्ने गरेकाले अवश्यक कारबाहीको माग गरेकी थिइन् । उनकै उजुरीका आधारमा घिमिरे अनुसन्धानको दायरामा तानिएका हुन् । 

Logo