जिप दुर्घटनामा एकजनाको मृत्यु

जिप दुर्घटनामा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेतदेखि मुगु गमगढी तर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु र जुम्लाको सिमाना पर्ने बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको  प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

चालक बुढालाई उपचारका लागि जुम्ला लगिएको बताइएको छ । मृतक छायाँनाथ रारा नगरपालिका-२ तलितुम तिरुवाबाडा गाउँका रहेको बताएको छ । उक्त जिपमा रहेका अन्य चार यात्रु भने सकुशल रहेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेकाे डीएसपी हमालले बताए । 

Skip This
Skip This
Logo