मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अबरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अबरुद्ध

केन्द्रबिन्दु
0
Shares

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अबरुद्ध भएको छ । 

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो खसेका कारण गएराति २ बजेदेखि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।

पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मङ्गलवार फेरि पहिरो खसेको थियो । बुधवार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदोमाटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ ।

यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो‚ ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ । काठमाण्डौलाई जोड्ने मुख्य मार्ग भएकाले यो सडक खण्डमा दैनिक हजारौँ गाडी चल्छन् । तर, पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् ।

Logo