लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मोरङको  विराटनगर महानगरपालिका – १५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बिराटनगर- १२ का  २२ बर्षीय सुहन लिम्बु र  मोरङ बेलबारी – ११ का ३१ बर्षीय सिकुम योङहाङ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आइतबार  बिहान साढे १० बजे लागुऔषध  नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को ३४ प २६३ नम्बरको मोटरसाईकल  चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीहरुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर  बरामद गरी नियन्त्रणमा लिएको हो  ।

पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Logo