उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव

उपमेयरले ढुवानी नगर्दा मुगुमा चामल अभाव

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ ।

आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।  

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले  चामल लिनेको निकै भीड हुने गरेको छ । उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन् । उनी मात्र होइन मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन् । बजारमा आएको चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य छन् स्थानीय । 

आइतबार मात्र खाद्यान्न खुला हुँदा घण्टौ लाइनमा कुर्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा मुगुका नागरिकले पञ्चायत कालको सम्झना गरेका छन् । पञ्चायत कालमा एक प्याक दश केपी चामल लिँदा नेता र सिडिओको कुपन लिई लाइन बस्नुपर्ने अवस्था थियो । संघीयता आइपुग्दा पनि लाइनमै बस्नु पर्ने अवस्था आउनु मुगुका जनताका लागि दुखद भएको स्थानीय धर्मसिंह कामिले गुनासो गरे ।

 

Logo