सवारी चालक अनुमतिपत्रका लागी दिइने ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली अब कार्यान्वयनमा आउने भएको छ । यो प्रणली लागू गर्न निर्देशिका बनेको झन्डै दुई वर्षपछि कार्यान्वयनमा ल्याउन सातै प्रदेशका यातायात मन्त्रीहरु सहमत भएका हुन् । यससँग यो प्रणाली अब सातवटै प्रदेशमा लागू हुने भएको छ ।
संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
अंक प्रणाली कार्यान्वयनमा आए यातायात विचौलिया हट्ने र सडक सुरक्षाको निम्ती पनि कुनै खतरा नहुने बैठकको निष्कर्ष छ । यो प्रणालीलाई छिट्टै कार्यान्वयनमा आउने भएको छ ।
यातायात व्यवस्था विभागले करिब एक वर्ष लगाएर लाइसेन्स परिक्षा निर्देशिका जारी गरेको थियो । जसमा १०० पुर्णाङ्कमा ७० अंक ल्याए ट्रायल परिक्षा पास हुने व्यवस्था छ । तर, यो प्रणाली गण्डकी प्रदेशले मात्रै कार्यान्वयनमा ल्याए पनि अन्य प्रदेशले भने आनाकानी गर्दै आएका थिए ।





























प्रतिक्रिया