पहिरोले दोलखाको सिंगटी बजारका ३० घर जोखिममा

पहिरोले दोलखाको सिंगटी बजारका ३० घर जोखिममा

केन्द्रबिन्दु
0
Shares

दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । 

अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङले जानकारी दिए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । उनका अनुसार बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् । पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको इन्सपेक्टर तामाङले बताए ।

Skip This
Skip This
Logo