दमौलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

दमौलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

दमौलीमा माइक्रोबस दुर्घटना भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

बिहीबार बिहान बा ४ ख ९९९९ नम्बरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Logo