वीरगञ्ज महानगरपालिका-२३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।
शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेका हुन्।
पाँच महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा हत्या गरेका प्रहरीले जनाएको छ ।
गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका-६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो ।





























प्रतिक्रिया