बागमती प्रदेशमा लाइसेन्स आवेदका लागि कोटा र समय थप

बागमती प्रदेशमा लाइसेन्स आवेदका लागि कोटा र समय थप

केन्द्रबिन्दु
0
Shares

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा आवेदनको कोटा र फारम भर्ने समय थप गरिएको छ । 

प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आवेदन दिन सकिने संख्या बढाउँदै आवेदन दिने समय पनि बढाएको हो । मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्रका लागि आवश्यक बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पुर्याएको हो । यसका साथै विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाएको छ।

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ। सेवाग्राहीहरुले यातायात व्यवस्था विभागको साइटमा गाई तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको छ। बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

Skip This
Skip This
Logo