काठमाडौंको सुन्दरीजलमा एक जना पुरूष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका पुरूषको खोजी गर्ने काम भइरहेको मैनालीले बताए। उनको पहिचान खुलिसकेको छैन।
उनको खोजी गर्न सामाखुसीबाट विपद् व्यवस्थापनको टोली पनि खटिएको छ। यसअघि गत साउन ७ गते पनि सुन्दरीजलमा एक किशोर खसेर बेपत्ता भएका थिए। उनको पछि शव फेला परेको थियो।
प्रतिक्रिया