काठमाडौं उपत्यकामा गएरातीको भारी वर्षाका कारण नदिनाला बढेको छ ।
काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेकोमा राती सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती ३ देखि ६ घण्टासम्म काठमाडौंका सबैजसो ठाउँमा लगातार भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । विष्णुमती, वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते र गोदावरी खोलामा बाढी आएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । विहान ५ बजे मनोहरा बालकुमारीको जल सतह साढे ३ मिटर माथी पुगेको छ। सडक तथा नदी किरानका बस्ती र यात्रा गर्दा उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।































प्रतिक्रिया