नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्दै

नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।

सोमवार उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

परिसंघले पूर्वाधार सम्मेलनमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने, उत्पादनशील पूर्वाधारका परियोजनाहरुलाई प्राथमिकता दिने उदेश्य रहेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्व बुझाउन सफल भएको बताए । उनले पूर्वाधार विकासको लागि परिसंघले धेरै महत्वपूर्ण काम गर्दै आएको बताए ।  अग्रवालले तीन वटै तहका सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

पूर्वाधार सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष र विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको समेत सहभागिता रहने जनाइएको छ । 

Skip This
Skip This
Logo