पूर्वमेयरसहित दुई जनाविरुद्ध २५ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

पूर्वमेयरसहित दुई जनाविरुद्ध २५ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

केन्द्रबिन्दु
0
Shares

चितवनको कालिका नगरपालिकाका निवर्तमान प्रमुख खुमनारायण श्रेष्ठ र उनका पीए दीपक लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा पुनः उजुरी परेको छ। उनीहरूविरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी.००७१२८ मा दर्ता भएको हो।

मेयर श्रेष्ठ र उनका पीए लामिछानेले मिलेमतोमा अकुत सम्पत्ति कमाएको आरोप लागेको छ। यसअघि पनि पीएविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा उजुरी परेको थियो।

मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार कम्प्युटर अपरेटर पदमा नियुक्ति गरी नगरभित्रका हरेक विकास निर्माण र खरिद कार्यमा सेटिङ गर्ने जिम्मा दिएकी स्थानीयको आरोप छ।

श्रेष्ठ र लामिछानेविरुद्ध परेको ३ पाना लामो ३० बुँदे उजुरीमा उनीहरुले भ्रष्टाचार गरेको फेहरिस्त उल्लेख छ। लामिछाने अहिले पनि नगरपालिकामा सोही पदमा कार्यरत छन्।

उनले १५ दिनमा १ पटक नगरपालिका गई हाजिरी गरी ४ महिनादेखि तलब खाइरहेको नगरपालिका स्रोतले जानकारी दिएको छ। यसअघि पनि सरकारी पल्सर मोटरसाइकलको प्राइभेट नम्बर हालेर दुरुपयोग गरेको, नगरपालिकाको सरकारी गाडी दुरुपयोग गरेको जस्ता उजुरी लामिछानेविरुद्ध अख्तियारमा परेको समाचार सार्वजनिक भएको थियो।

निवर्तमान मेयर श्रेष्ठ नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य हुन् भने उनका तत्कालीन पीए लामिछाने एमालेकै कालिका नगर कमिटी उपाध्यक्ष हुन्। 

 

Skip This
Skip This
Logo