जाम्बियामा नेपाल भ्रमण वर्षको उद्‍घाटन

जाम्बियामा नेपाल भ्रमण वर्षको उद्‍घाटन


जाम्बिया – जाम्बियामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्यरुपमा उद्धाटन गरिएको छ। नेपाली दुतावास दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको हो।

नेपालको पर्यटकीय स्थलको जानकारी दिने हेतुले बृतचित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शनका साथै नेपालको पर्यटन सम्बन्धमा जानकारीसहितको मन्तव्य र अन्तर्रक्रिया समेत गरिएको उक्त कार्यक्रमको समुदघाटन दक्षिण अफ्रिकाका लागि नेपालका कार्यबाहक राजदूत घनश्याम लम्सालले गरे। उनले नेपाल पर्यटन वर्षको बारेमा जानकारी दिदै नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरूलाई आग्रह गरेका थिए। त्यसै गरि एनआरएनए जाम्बियाका पुर्व अध्यक्ष एबम सल्लाहकार डा. बिशाल उप्रेतीले नेपालका आकर्षक पर्यटन स्थलका बारेमा जानकारी दिए।

एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालले अफ्रिका स्थित कुटनैतिक, युएनसेवा,गैरसरकारी संस्था, प्रवासी समुदाय र अफ़्रिकन मित्रहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे। उक्त अवसरमा नेपाल भ्रमण गरिसकेका विदेशी मित्रहरुले नेपालको सुन्दरतासंगै आफ्ना भ्रमण अनुभव समेत सुनाएका थिए।

कार्यक्रममा जाम्बिया सरकारका प्रतिनिधि, सयुक्त राष्ट्रसंघिय निकायका प्रतिनिधिहरु, स्थानीय उच्च पदस्थ  व्यक्तित्त्वलगायत नेपाली समुदायको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रम परिसरमा राजिव मुनकर्मीले नेपाली हस्तकलाका सामाग्री प्रर्दशनको संयोजन गर्नुका साथै त्यसबारे जानकारी दिएका थिए ।

Logo