चितुवाको छालासहित पक्राउ

चितुवाको छालासहित पक्राउ


बेथानचोक गाँउपालिका-२ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डीसहित खानीखोला गाउँपालिका-७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त आखेटोपहारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Logo