नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ जना पुगेको छ। आज २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौंमा मात्र १६३ जना थपिएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २०१ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ५२९ पुगेको छ।
आज २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ९८ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ।
प्रतिक्रिया