नेपालको विजयी सुरुवात, केन्या ५ विकेटले पराजित

नेपालको विजयी सुरुवात, केन्या ५ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

नेपालले केन्या भ्रमणमा सुखद सुरुवात गरेको छ । टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । योसँगै नेपालले ५ म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।  

नौरवीमा घरेलु टोली केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले ३३, आसिफ शेखले १९, रोहित पौडेलले १३ र पवन सर्राफले १ रन बनाए । आरिफ शेख २४ रनमा नटआउट रहे । 

यसअघि नौरवीमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा  ८ विकेट गुमाएर १३० रन बनाएको थियो  । केन्याका लागि इरफान करीमले ३४ रन बनाए ।

लुकास ओलिओच ३१ रनमा नटआउट रहँदा नेल्सन ओडिआम्बोले १९, सचिन भुदियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।  

बलिङ तर्फ सोमपाल कामीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र अदिल अन्सारीले एकएक विकेट झारे । 

सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ । 

Logo