नेपाललाई केन्याको सामान्य लक्ष्य, सन्दीपले लिए ५ विकेट

नेपाललाई केन्याको सामान्य लक्ष्य, सन्दीपले लिए ५ विकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली केन्याले नेपाललाई जितका लागि सामान्य लक्ष्य प्रस्तुुत गरेको छ । 

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको केन्याले निर्धारित २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको हो । केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन जोडे ।  त्यस्तै, ओपनर कोलिन्सले २० रन तथा शेम एनगोचेले १३ रन बनाउनुबाहेक अन्य खेलाडी किजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् । 

केन्यालाई रोक्न बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए भने मोहम्मद आदिल आलमले २ विकेट तथा शाहव आलम र दिपेन्द्रसिंह ऐरीको नाममा समान एकएक रह्यो । 

नेपाल आजको खेल जित्दै एक खेल अगावै सिरिजमा कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
 

Logo