युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ।
दुबईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहदा ४ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए। कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए।
भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।उसका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेले । ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा उनले ७२ रन बनाए ।
सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाए ।श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २/२ विकेट लिए ।सुपर चारमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । भारतको भने लगातार दोस्रो हार हो ।































प्रतिक्रिया