च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध

च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध

केन्द्रबिन्दु
0
Shares

युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ   । 

समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन  केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो । 

यता, समूह 'ई' मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ   । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो । 

जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए ।  समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो ।

Logo