भारतको विजयी सुरुवात

भारतको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

महिला साफ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । साविक विजेता भारतले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ३-० ले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । 

भारतको जितको ग्रेस डाङमेई र सौम्या गुगुलगोठले एकएक गोल गरे । साथै पाकिस्तानकी कप्तान मारिया खानको आत्मघाती गोल गरेकी थिइन् । खेलमा पाकिस्तानले पनि सुरुदेखि नै सूवर्ण अवसर पाएको थियो तर, सदुपयोग भने गर्न सकेन । 

जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । 

आजै हुने समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्दैछ । समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

 

Skip This
Skip This
Logo