प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।
बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनसँगै इंग्ल्यान्डमा विभिन्न खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ ।































प्रतिक्रिया