नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । 

‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु ।’ उनले भनेका छन्, ‘खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’ 

कतार फुटबल संघको सहयोगमा अल्मुताइरीले २०७७ चैतमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।
 

Skip This
Skip This
Logo